२६ चैत। नायिका निता ढुंगाना अहिले आफ्नो रिलिज हुन लागेको चलचित्र कर्मा को प्रचार प्रसारमा रहेको बेला आफुलाई विवाह गर्न हतार भएको बताएकी छिन् । दुंगानाले भनिन्, मलाई विवाह गर्न रहर लागेको छ तर विवाह गर्न केटा भेटाउन गाह्रो रहेछ।
खोज्न पनि लाएकी छु तर अहिले सम्म कोही भेटिएको छैन र जुरेको पनि छैन । मिल्ने केटा पाए म विवाह गर्न तयार अवस्थामा छु । यो वर्ष त होईन अर्को वर्ष सम्म पक्का मेरो विवाह हुन्छ भन्ने लागेको छ । नायिका निता दुंगानाले अहिले चलचित्र निर्माणमा हात हालेकी छिन र चाडै नै चलचित्र फ्लोरमा लाने तयारीमा जुटेकी छिन् ।
दुई वर्ष अघि आफ्नो जन्मदिनमा’ चलचित्र निर्माण गर्ने घोषणा गरेकी निताले अहिले आएर मात्र फ्लोरमा जाने पक्का गरेकी छिन् । घोषणा गरेको दुई वर्ष पश्चात मात्र किन बल्ल फ्लोरमा जान लाग्यो भने सोध्दा निता भन्छिन्, सुरुमा चलचित्रको कन्सेप्ट मन परेर निर्माणको घोषणा गरे तर त्यो बेला निर्देशक नै हराए र चलचित्र रोकियो ।
त्यस पश्चात पैसा नि कमि भयो र चलचित्र रोकियो र कहिले पैसा हुँदा राम्रो कन्सेप्ट हात लागेन । अहिले आएर सबै कुरा मिलेको छ र चलचित्र फ्लोरमा जाँदैछ । निता ढुंगानाको प्रेम र ब्रेकअपको गसिपले मिडिया घरिघरि तात्तिने गर्थ्यो । आमेश भण्डारीसंगको ब्रेकअप पश्चात निता ढुंगाना अहिले सिंगल बस्दै आएकी छिन ।