• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द

नेपाल पोस्ट दैनिक
    April 7, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौ २५ चैत।सरकारले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिले अन्तर्राष्ट्रिय उडान वैशाख १८ अर्थात् अप्रिल ३० तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो।

समिति बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय भएको हो।

यसअघि सरकारले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। मंगलबार थप १५ दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको विडारीले जानकारी दिएका हुन् ।

बैठकले आन्तरिक उडानको विषयमा भने केही निर्णय नगरेको सविच विडारीले बताए।

समिति बैठकमा लकडाउनको प्रभावमा परेका एक लाख १४ हजार तीन सय १६ परिवारलाई राहत वितरण रहेको विषयमा छलफल भएको छ। लकडाउन उलंघन गर्ने २६ सय व्यक्तिलाई कारबाही गरेर छोडिएको जानकारीसमेत विडारीले दिए।

बैठकले मेडिकल सामग्री छोटो र छिटो विधिबाट खरिद गर्ने प्रक्रिया अगाडि बढेको जानकारीसमेत दिए। राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणले अर्थतन्त्रमा परेको बारेमा अध्ययन गर्ने काम सरकारले अगाडि बढाएको जानकारीसमेत दिए।

सरकारले कोरोनाको बढी जोखिम देखिएका कैलाली, कञ्चनपुर र बागलुङमा परीक्षणलाई तिब्रता दिने निर्णयसमेत गरेको छ। सँगै कोरोना संक्रमणको सम्भावना देखिएका अछाम र हुम्लामा परीक्षण बढाउने निर्णयसमेत गरेको छ।

आवश्यक सवारी आवागमनलाई स्वभाविक राख्ने निर्णय गर्दै अनावश्यक हिडडुल गर्नेमाथि कडाईंगर्ने निर्णयसमेत बैठकले गरेको छ।

अहिलेसम्म काठमाडौं उपत्यकामा १६ जना र बाहिर ८४ जना गरेर एक सयजना आइसोलेसनमा उपचार गराइरहेका छन्। अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये एकजना निको भएका छन्। अहिले काठमाडौं बाहिरका ९ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणका लागि दुई रणनीतिसहित काम सुरु गरेको छ। मन्त्रालयले परीक्षणको संख्या बढाउने र क्वारेन्टाइनमा निरन्तर राख्ने रणनीति लिएको हो । अन्नपूर्ण पोस्ट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
  • शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑