काठमाडौ २५ चैत।सिन्धुली अस्पतालमा रगतको अभाब भएपछि नेपाल रेडक्रस सोसाइटी भीमान उपशाखाले ८ युनिट रक्तदान गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसन्चार केन्द्र सिन्धुलीकोे अनुरोधमा उपशाखाले रक्तदान गरेको हो । भिमान पोलिनिल्नकका प्रबन्धक तारा बिक्रम थापा, नेपाल रेडक्रस सोसाइटी भीमान उपशाखाका सभापती यादब सुबेदी, उपशाखाका सदस्य जाहान सिं कार्की, नवराज देवकोटा, युथ रेडक्रस सोसाइटिकी मनिका कार्की, मनोज कार्की, देवेस देवकोटा, प्रसन्न देबकोटा र यम बहादुर मिजारले रक्तदान गर्नुभएको थियो । रगत दानकालागि सिन्धुलीसम्म रक्तदातालाई ल्याउन पोलिक्लिन्कि एण्ड मेडिकल सेन्टरका प्रबन्धक तारा बिक्रम थापाले सहयोग गरेको उपशाखाका सभापती यादब सुबेदीले जानकारी दिनु भयो । साथै मृत्युुसग लडिरहेकाको जीवन र क्षाकोलागि अमुल्य रक्दान गर्ने सहित सबैमा हार्दिक धन्यवाद दिदै भीमान उपशाखा सम्मान ब्यक्त गरेको छ ।