भारतमा नेपालीहरु अलपत्र,सरकार बेखबर ,दुतावासद्वारा बेवास्ता : लक्ष्मण चौलागाईं “विद्रोही”
काठमाडौं २४ चैत ।
भारतीय भूमीमा अलपत्र जीवन शक्ति प्युठानी लगायतका नेपालीहरुको उद्दार या व्यवस्थापन गर्न नेपाल सरकारको ध्यानाकर्षण हओस भन्न चाहन्छु। कोरोना कहरको महामारी विश्वव्यापी फैलिरहेको अवस्थामा हाम्रा नेपाली दाजुभाई/दिदिबहिनीहरु भारतीय भूमीबाट गुहार माग्न विवश परिस्थिति ,काम गरिरहेको होटलको मेनेजरले होटल बन्द गरि सडकमा पुर्याइदिएको अवस्था छ ।काम गरेको होटलले पारिश्रमिक नै नदिइ लक डाउन खुलेसी बैक अकाउन्ट्मा रकम हाल्दिउला भनेर अलपत्र पारेको यसै घडीमा जिम्मेवार नेपाल सरकारको रक्षा र गृहको ध्यानाकर्षण हुन सके कोरोना संक्रमण हुन बाट अलपत्रहरु जोगिन पाउथे कि ?महान भनिएको जनयुद्धका जिउदो सहिद कमरेड जीवन शक्ति प्युठानी लगायत ३ जना उहाका साथीहरुको वास अहिले सडकमा भएको छ। उहाको भनाई अनुसार पिउने पानीमा नै कालो बजारी चलिरहेको र एक बोत्तल मिनरल वाटरको १६० रुपैया पर्ने भएकोले होटलको मालिकले तलब समेत नदिइ सडकको वास बनाएको प्रति नागरिकको उद्दार गर्न यतिबेला नेपाल सरकार सक्षम छ या छैन? यदि छैन भने भारतीय राजदुतावासमा खबर गरि अलपत्र नेपालीलाई क्वारेन्टाइनमा राख्ने जिम्मेवारी नेपाल सरकारको हो कि होइन ?
मुलुकको व्यवस्था बदल्न हिजो बलिभेदी चढेका ती महान योद्दाहरुको आज सडकको बास हुदा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ कि पर्दैन ?सिमामा अलपत्र नागरिकलाई समेत नेपाल नल्याउने उध्घोष गर्ने नेकपा सरकारको रक्षामन्त्री ले राजदुतावासलाई सम्पर्क गरि आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नुपर्छ कि पर्दैन ?कतिबेला भारतीय प्रहरीले डन्डा बर्साउछ र पीडा माथी झन पीडा थपिदिन्छ ख्याल गर्नुपर्छ कि पर्दैन आफ्ना अलपत्र नागरिकको ? जीवन शक्ति प्युठानी ,जिवराज पौडेल लगायत थुप्रै नेपालीहरुको अवस्था खतरामा परेको यो विषम परिस्थितिलाई बेवास्ता गर्दा सरकार छ कि छैन ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो कि होइन ?आज बिहानै कल गरेर लक्ष्मण जी म लगायत तीन चार जना साथीहरु गुजरात स्थित नर्वदा टाउनसिपको सडकमा ४८ घण्टा देखि सडकको कुनामा बस्न विवश छौं। न खर्च छ न पसलहरु खुलेका छन ?खै अब त बाचिन्छ कि बाचिदैन ? भनेर मलाई कल गर्नुभएको कारण सरकारको ध्यानाकर्षणको लागि यो सन्देश लेख्न विवश छु। घरभित्र लक डाउनमा बस्नेहरु त त्रसित रहेको अवस्थामा भारतीय सडकमा बस्न विवश जीवन शक्ति प्युठानी (गिरबहादु क्षेत्री) लगायतको ३ जनाको टिम सडकमा बस्न विवश मात्रै हुनुभएको छैन पानी समेत किनेर पिउन नसकेको अवस्थालाई मनन यो सरकारले गरोस ,त्यस्तै जीवराज पौडेल लगायतका टिमलाई यथाशक्य छिटो उद्दार गरोस भन्न चाहन्छु।जीवन शक्ति प्युठानीले भारतीय राजदुतावासमा सम्पर्क गर्दा पनि कुनै सहयोग र वयवस्थापन नहुनु कति सम्म विडम्बना हो सरकार ? गम्भीर ध्यानाकर्षण होस ।