• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महर्षि बाल्मीकिका मननयोग्य भनाईहरु

नेपाल पोस्ट दैनिक
    April 5, 2020  मा प्रकाशित

Spread the love
      

 

महर्षि बाल्मीकिका मननयोग्य भनाईहरु

महर्षि बाल्मीकि, अर्थात महान ग्रन्थ रामायणका रचनाकार । महाभारत कालमा वाल्मीकिको वर्णन गरिएको पाइन्छ ।

खासमा उनको जन्म नागा प्रजातिमा भएको थियो । महर्षि बन्नुअघि उनी रत्नाकरको नामबाट चिनिन्थे । उनी डकैती गर्थे, जंगलमा बसेर ।

त्यो निर्जन बनमा एक जना नारद मुनी हिँडिरहेका थिए । उनैलाई लुट्नका लागि तैनाथ भए, रत्नकार । तब नारद मुनीले सोधे, ‘यस्तो काम कसको लागि गर्न चाहन्छौ ?’

रत्नकारले जवाफ दिए, ‘परिवारका लागि ।’

‘यस किसिमले तिमीले जुन पाप कर्म गर्छौ, त्यसको दण्ड भुक्तान गर्नमा तिमीलाई परिवारले सहयोग गर्छ ?’ नारद मुनीले सोधे ।

यहि प्रश्नले रत्नकारलाई आफ्नो कर्मवाट बिरक्त बनायो । उनले परिवारलाई सोधे, ‘के मैले गरेको पापको भागिदार तिमीहरु पनि हुन्छौ ?’ परिवारले नकारात्मक जवाफ फर्काए । अन्ततः रत्नकारलाई आफ्नो पाप कर्म त्यागे ।

पछि उनले रामायणको रचना गरे । महर्षि बाल्मीकिले रामायणमा प्रेम, त्याग, तपस्य र यशको भावनालाई महत्व दिएका छन् । श्रीरामको जीवनको माध्यामबाट हामीलाई जीवनको सत्य, कर्तव्य वोध गराएका छन् ।

–     अर्काको धनको अपहरण, परस्त्रीसँग संसर्ग, सहृदयीप्रति अतिशंका यी तीन दोष विनाशकारी छ ।

–     पुरुषार्थ बिना भाग्य निर्माण हुँदैन ।

–     भाग्यको कल्पना मूर्ख व्यक्तिले गर्छन् । साथै भाग्यमा निर्भर भएर उनीहरु आफुलाई नष्ट गर्छन् ।

–     उत्साह, सामथ्र्य र मनको हिम्मत हार्नु हुँदैन, कुनैपनि कार्य सिद्ध गर्नका लागि यी गुण आवश्यक हुन्छ ।

–     नारीको लागि वास्तवमा उनका पति नै सम्पूर्ण आभूषण हुन् । उसलाई पृथक राखेर उनी जतिनै सुन्दर भएपनि सुशोभित हुँदैनन् ।

–     जीवनमा सदैव सुख मिल्छ भने यो एकदमै दुर्लभ कुरा हो ।

–     अति संघर्षबाट चन्दनमा पनि आगो प्रकट हुन्छ, त्यही प्रकार अति अवज्ञा गर्दा ज्ञानीको हृदयमा पनि क्रोध पैदा हुन्छ ।

–     सन्त अर्कालाई दुखबाट बचाउनका लागि आफु कष्ट सहन्छ, जबकी दृष्ट व्यक्ति अर्कालाई दुख दिनका लागि ।

–     नीचको नम्रता अत्यान्त दुखदायी हुन्छ, अंकुश, धनुष, सर्प र बिरालो झुकेर युद्ध गर्छ ।

–     संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् ।

–     यस संसारमा असंभव केहिपनि छैन, यदि उत्साहलाई नछाड्ने हो भने ।

–     मायाको दुई भेद छ, अविद्या र विद्या ।

–     मानिसको सबैभन्दा डरलाग्दो शत्रु हो, अहंकार । त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।

–     इच्छाशक्ति भएपछि मानिसले जतिसुकै कठोर काम पनि सहजै सम्पन्न गर्न सक्छ । इच्छाशक्ति र दृढ संकल्पले मासिनलाई रंकबाट राजा बनाइदिन्छ ।

–     समस्त सत्य कर्मको आधार सत्य नै हो ।

–     आमाबुवाको सेवा र उनको आज्ञा पालन जस्तो अर्को धर्म छैन ।

–     दुख र विपद जीवनको दुई यस्तो पाहुना हुन्, जो बिना निमन्त्रणा आइपुग्छन् । अन्लाईन खबर

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑