‘विश्वमै जलस्रोतको दोस्रो धनी देश’ भन्नलाई मुख बार्नुपर्ने अवस्था अब नहोला । कुनैबेला ‘विद्युत खपत कम गरौं’ भन्दै लोडसेडिङको तालिका निकाल्ने नेपाल विद्युत प्राधिकरण अहिले धक खोलेर भन्न थालेको छ, ‘ढुक्कले बिद्युत खपत गर्नुहोस् ।’
कुलमान घिसिङको दृढता, लगवाले आज देश उज्यालो मात्र भएको छैन, घर–घर विद्युत–मैत्री बनाउने अनुकुलता पनि मिलेको छ । त्यसैले त अब खाना पकाउने ग्याँस सिलिन्डर नभएपनि गृहणीहरु निर्धक्कसाथ भन्न थालेका छन्, ‘बालै भएन ।’
हुनपनि खाना पकाउनका लागि अब निर्विकल्प होइन, ग्याँस । विद्युतिय चुल्हो र उपकरणले मज्जासँग भान्सा चल्हाउन सकिन्छ ।
पानी तताउन होस् वा खाना पकउन विद्युतिय चुल्हो एवं उपकरण प्रयोग गर्न सकिन्छ । इन्डक्सन चुल्हो, विद्युतिय जगदेखि माइक्रो ओभनलगायतका यस्ता उपकरणहरु अब भान्साको सहयोगी बन्दैछ । एकातिर छिटो–छरितो, अर्कोतिर बिना झन्झट ।
अब कुरा जोडौं बर्तमान अवस्थाको ।
अहिले कोरोना भाइरसको संभावित संक्रमण रोक्नका लागि आउजाउ गर्न निषेध गरिएको छ । यातायात ठप्प छ । बजारमा हिँडडुल गर्न, किमनेल गर्न पनि अहिलेको अवस्थामा त्यती सुरक्षित हुँदैन । तर, यसको सोझो असर अहिले धेरैको भान्सामा परेको हुनसक्छ । कतिपयको खाद्यन्न भण्डार रित्तिदै होला । कतिपयको ग्याँस पकाउने सिलिन्डर ।साभार: अन्लाईन खबर
