काठमाडौं ९ चैत। विश्वमा नै महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको कारण विश्व आतंकित छ ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणका बिरामी देखिएका छैनन् । यद्यपी, नेपाल पनि कोरोना जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले बताएको छ । सरकारले विभिन्न कलेज, सरकारी, निजी कार्यालय लगायत ठूलो मानिसको भिडभाड हुने सबै क्षेत्र बन्द गराएको छ ।
पाँच लाखभन्दा बढी विद्यार्थी सामेल हुने एसईई परीक्षा पनि स्थगित भएको छ । साथै, विश्वविद्यालयका सबै परीक्षा स्थगित भएका छन् । शहरमा रहेका मानिसहरु गाउँतिर लागेका छन् । सरकारले अत्यावश्यकभन्दा बाहेकका काममा बाहीर ननिस्कन ह्वीप जारी गरेको छ । यसैबीच, सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीदिनयता घरबाहीर निस्किएका छैनन् ।
उनीमात्र होइन्, देशका शीर्ष तहका नेताहरु सावधानिपूर्वक घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । नेकपा अध्यक्ष प्रचण्ड प्रायजसोः आफ्नो शरिर सन्तुलनका लागि विभिन्न व्यायमहरु गरिरहेका हुन्छन् । प्रायजसोः टेबलटेनिस खेल्न रुचाउने दाहालल आइबार बिहान भने फरक रुपमा देखा परे । विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसविरुद्ध ‘इम्युनिटी पावर’ बढाउन भन्दै उनी आइतबार साइक्लिङमा निस्किए ।
उनले आफ्नो सम्पूर्ण दैनिकी खुमलटारस्थित निवासमा बिताइरहेका छन् । निवासको पार्किङ क्षेत्रमा दाहालले साइक्लिङ गरेको भिडियो आचार्यले फेसबुकमा सार्वजनिक गरेका छन् । दाहाल आफन्त, नातिनातिना तथा परिवारका अन्य सदस्यका साथ साइक्लिङमा देखिएका थिए । उनी पार्किङ क्षेत्रलाई फन्को मारिरहेको देखिन्छन् । आचार्यका अनुसार दाहाल बिहान पाँच बजे नै उठ्छन् ।
हातमुख धोएर उनी टेबलटेनिस खेल्छन् । त्यसपछि साइक्लिङ गर्छन् । उनी अहिले परिवारका सदस्यसँग बढी हुन्छन् । त्यसबाहेक पढ्न र लेख्न बसिरहेका हुन्छन् । पत्नी सीताको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनी बढी सीताको रेखदेखमा रहने गरेको उनले बताए । समाचार दैनिकबाट
