मुख्य समाचार

कोरोनाविरुद्ध कडा रूपमा प्रस्तुत हुने : नेकपा

काठमाडाैं ६ चैत।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपाको सचिवालय बैठकले कोरोना भाइरसबाट बच्न उच्च सर्तकता र सजगता अपनाउनुका साथै त्यसविरुद्ध कडा कदम चाल्न निर्णय गरेको सचिवालयका सदस्य एवम् वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

कोरोना भइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जस्तोसुकै कदम चलाउनु परे त्यसका लागि सरकार तयारी अवस्थामा रहनुपर्ने समेत निर्णय भएको बताउँदै उनले त्यसका लागि पार्टी पंक्तिको पनि सहयोगी भूमिका रहने बताए ।

के हो कारण ?

कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ । चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ । जुन कोब्रा प्रजातिको मानिन्छ । र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन् । धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।

लक्षण के हुन् ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।
ज्वरो आउनु र खोकी लाग्नु
छिटोछिटो सास फेर्नु
श्वासप्रश्वासमा कठिनाइ हुनु
गम्भीर भएमा निमोनिया हुनु
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

कोरोनाविरुद्धको भ्याक्सिन यसै साता जनावरमा परीक्षण गर्ने तयारी

कोरियामा कोरोना त्रास

चीनबाट १७५ जना नेपाली लिएर आएकाे जहाजलाई छुट्टै ‘पार्किङ’

वुहानबाट १७५ नेपालीको उद्धार, ६ जनालाई विमानस्थलमै छाेड्याे

यस कारण बुहान विमानस्थलले रोक्यो ६ नेपालीलाई

चीनबाट ल्याइने नेपालीलाई राख्न खरिपाटीमा बनाइयो यस्तो क्वारेन्टाइन

चीनबाट नेपाल फर्कन बस चढ्दै गरेका नेपालीमध्ये कोही रोमाञ्चित, कसैमा बेचैनी

चीनबाट नेपाली ल्याउन नेपाल एयरलायन्सको जहाज आज अपराह्न ३ बजे वुहान जाँदै

चीनबाट स्वदेश ल्याइने नेपालीले सुरुमै मान्नुपर्छ यस्ता सर्त

कोरोना भाइरस नियन्त्रण गर्न विश्वका यी देशले चीनलाई सघाउने

नेपालमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या

चीनले लुकायाे कोरोनाबाट २५ हजारभन्दा बढिको मृत्यु भईसकेको रिपोर्ट

कोरोना भाइरस : संसारभर फैलनुबारे नेपाली नेताका यस्ता आशंका

कोरोना भाइरस रोक्न मानवरहित ड्रोनबाट छरियो हावामा विषादी