मुख्य समाचार

मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भैरहेकोले छिट्टै काममा फर्कनेछु : प्रधानमन्त्री ओली

काठमाण्डाै २३ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भैरहेकोले छिट्टै काममा फर्कने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले छिट्टै आफू काममा फर्किएर पहिलेकै अवस्थामा काम सुरु गर्ने बताउनुभएको उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीसँग पहिलो पटक भेट भएको र स्वास्थ्य अवस्थाबारे आफूले जानकारी लिएको बताउनु भएको हो ।

गएकाे बुधबार प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । एक हप्ताभित्र डिस्चार्ज गर्नेगरी प्रधानमन्त्री ओलीको उपचार भैरहेको डाक्टरले बताएका छन् । उज्यालोबाट