मनोरञ्जन

प्रदीप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’को टिजर सार्वजनिक (यस्तो छ टिजर

काठमाडौं २१ फागुन/प्रदीप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ ।

पिरियड ड्रामा फिल्ममा प्रदीप खड्का, नव–नायक मनिष राउत, नव–नायिका क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायत कलाकारको अभिनय रहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको छ । यो फिल्म चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।