प्रदेश ३ · मुख्य समाचार · राजनीतिक

प्रधानमन्त्री केपी ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुँदै

काठमाडौँ १९ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना हुँदैछन्। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार ओलीको मिर्गौला प्रत्यारोपणको गर्ने तयारी छ।

१३ वर्षअघि ओलीले भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए।

त्यतिबेला उनको शल्यक्रिया गरेका डाक्टरहरूलाई नै अहिले काठमाडौं बोलाउनेबारे छलफल भइरहेको छ।  डाक्टर बोलाउने/नबोलाउनेबारे चिकित्सकहरूले आजै निर्णय गर्ने छन्।

‘हामीलाई कुनै पनि टिम बाहिरको चाहिँदैन। तर प्रधानमन्त्रीको नै मिर्गौला प्रत्यारोपण गर्ने भएर ब्याकअपका लागि बोलाउने कि भन्ने कुरा भएको छ तर टुंगो भइसकेको छैन।

हामी आजै बसेर छलफल गर्छौं,’ त्रिवि शिक्षण अस्पतालको मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीले सेतोपाटीसँग भने,‘टिम बोलाउँदा नजिक भारत छ, उहाँहरू नै बोलाइन्छ।’

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण डाक्टर ज्ञवाली नेतृत्वको टिमले गर्दैछ।  त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यरोपणको सफलता दर ९८ प्रतिशत छ।सेतोपाटिबाट