नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · राजनीतिक · समाचार · सूचना-प्रविधि

नेपाली कांग्रेसको महाधिवेशनमा लहान–१२ बाट सहभागी नहुने

लहान १० असोज। नेपाली कांग्रेसको महाधिवेशनमा लहान नगरपालिका–१२ ले सहभागी नजनाउने भएको छ। केन्द्रिय सदस्य पदम नारायण चौधरी र महाधिवेशन प्रतिनिधि सन्तोष कुमार चौधरीलाई नेपाली कांग्रेस पार्टीबाट निष्काशन गरिएको तथा पुर्वाग्रहित सिफारिस तथा अन्यायपुर्ण निर्णय फुकुवा होस भनी मागलाई लिएर महाधिवेशनमा वडा १२ का क्षेत्र प्रतिनिधि तथा कार्यकर्ताहरु सहभागी नहुने निर्णय गरेका हुन्।
वडा १२ मा मिति २०८३ असोज ४ गते आईतबारका दिन छेदीलाल चौधरीको सभापतित्वमा वडा कमिटि गठन भएको थियो । कांग्रेस कार्यकर्ताहरूले संगठनभित्र देखिएका विषयप्रति असहमति जनाउँदै बहिष्कार गरेको ध्यान आकर्षण पत्र वडा अध्यक्ष बद्री नारायण चौधरीले आफनो फेशबुक मार्फत सार्वजानिक गरेका छन्। ध्यान आकर्षण पत्रमा नव गठित वडा सभापति छेदिलाल चौधरी, वडा अध्यक्ष बद्री नारायण चौधरी, वडा सदस्य महेश्वर ठाकुर दनुवार, वडा सदस्य राजेन्द्र प्रसाद चौधरी, क्षेत्र प्रतिनिधि बैजनाथ सिंह,क्षेत्र प्रतिनित्रि अरुणदेव सिंह लगायत २० कार्यकर्ताहरुको हस्ताक्षर रहेको छ ।
उनीहरूले आफ्ना माग तथा असन्तुष्टिलाई पार्टी नेतृत्वले सम्बोधन गर्नुपर्ने बताएका छन्। वडा तहका नेता तथा कार्यकर्ताले पार्टीको आन्तरिक लोकतन्त्र, पारदर्शिता र प्रतिनिधित्वको विषयमा स्पष्टता आवश्यक रहेको धारणा राखेका छन्।
साथै एकताको महाधिवेशनलाई एकबद्धता जनाउदै रुख छाप तथा चार तारे झण्डा प्रति आस्था विश्वास समर्पण सहित दृढता जनाउदै कारवाही फकुवा भई सबै पक्षलाई समावेश हुने गरी राजनितिक सोहार्यतापुर्ण वतावरणमा १५ औं महाधिवेशन सम्पन्न हुने आशा लिएका छन ।

महाधिवेशन बहिष्कारको निर्णयले लहानमा नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद सतहमा आएको देखिएको छ। यद्यपि, बहिष्कारका सम्बन्धमा पार्टीको स्थानीय, क्षेत्रिय तथा जिल्ला नेतृत्वको औपचारिक धारणा सार्वजनिक हुन बाँकी छ।