• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आज फागुन १६ गते शुक्रबार कस्तो छ,तपाईंको राशिफल हेर्नुस्

नेपाल पोस्ट दैनिक
    February 28, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौं १६ फागुन / वि.सं. २०७६ फागुन १६। शुक्रबार। इ.स. २०२० फेब्रुवरी २८। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। पञ्चमी, २९ः५६ उप्रान्त षष्ठी।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। लगनशीलताले उत्साह जगाउनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलजफ्ती प्रयत्न गर्दा व्यर्थैमा दुस्ख पाइनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा होला। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑