काठमाडौँ १५ फाल्गुन । पार्टी सचिवालयको निर्णय नमान्ने आफ्नो अडानका कारण पछिल्लो केही घण्टायता नेकपामा देखिएको विवादका सम्बन्धमा कार्यकर्ता प्रशिक्षणमा केही नबोली प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्य टुंग्याएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशस्तरीय प्रशिक्षण तथा भेलालाई बिहीवार राजधानीमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओली पछिल्लो समयदेखिएको विवादका सम्बन्धमा मौन बसेका हुन् ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालयको निर्णयलाई उल्ट्याउँदै युवराज खतिवडालाई निरन्तरता दिने प्रधानमन्त्री ओलीको अडानका कारण नेकपा चर्को विवादमा फसेको छ ।
बरू प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई बदनाम गर्न शुरू भइसकेको बताए ।
‘पार्टीलाई बदनाम गर्न, सरकार लाई बदनाम गर्न नेताहरूको चरित्र हत्या गर्न शुरू भइसकेको छ,’ गोकुल बाँस्कोटाको टेप प्रकरणका सम्बन्धमा ओलीले भने ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका थिए ।लोकान्तरबाट