मकवानपुर २ भदौ । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएका चार विद्यार्थीको पहिचान खुलेको छ।
बगाइएका मध्ये राक्सिराङ–१ की रेशमा स्याङतान कक्षा २ मृत अवस्थामा फेला परेकी छन्। सिमा बोलन कक्षा ६ घाइते अवस्थामा उद्धार भएकी छन्।
यस्तै, सुमित्रा बोलन कक्षा ५ र बिनता बोलन कक्षा ७ अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खोलाले बगाएको हो।
घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
सम्बन्धित खबर
गोपाल सेवा समिति लहानको शुभकामना कार्यक्रम सम्पन्न
लहान ७ को नवनिर्मित वडा कार्यालय भवन नगरप्रमुख चौधरीद्वारा उद्घाटन
लहान–१५ बान टोलमा सडक ढलान, स्थानीय बासिन्दाको आवागमनमा सहज
आत्मनिर्भर सहकारीद्वारा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम
लहान–११ मा तेस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
