देश बाहिर · मुख्य समाचार

इरानका स्वास्थ्य राज्यमन्त्रीलाई लाग्यो कोरोनाभाइरस

तेहराण १४ फाल्गुन । स्वास्थ्य राज्यमन्त्री इरान हरिर्चीलाई कोविड–१९ भनिने कोरोनाभाइरस लागेको छ ।

देशमा फैलिएको कोरोनाभाइरसका विषयमा जानकारी दिन मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनी काँपेका थिए अनि पसिना चुहाइरहेका थिए । पछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

पत्रकार सम्मेलनमा उनले कोरोनाको संक्रमण तीव्र गति नभएको जिकिर गरेका थिए ।

स्वास्थ्य मन्त्रालयमै कोरोनाभाइरस पुग्नु भनेको तेहरानले संक्रमण रोक्नका लागि गरेको प्रयास अपर्यप्त हुनु हो ।

सरकारले संक्रमणको केन्द्रविन्दुका रूपमा रहेको पवित्र शहर कोमलाई सीलबन्दी गर्न अस्वीकार गरेको छ जबकि तीर्थयात्रीहरूले पश्चिम एसियाभरि भाइरस फैलाइरहेका छन् । अनि इरानमा मास्क र परीक्षण सामग्रीको अभाव झेलिरहेका छन् ।

इरानमा कोरोनाभाइरसका कारण १६ जनाको मृत्यु भइसकेको छ तर मृतकको संख्या त्यसभन्दा निकै बढी भएको अनुमान गरिएको छ । विश्वका अन्य देशमा संक्रमण लागेका २ प्रतिशतको मात्र मृत्यु भएको देखिएको तर इरानको आँकडा हेर्दा १५ प्रतिशतको मृत्यु भएको पाइएको छ ।लोकान्तरबाट