बलिउड नायिका अनन्या पाण्डेको भाग्य चम्किएको छ भन्दा फरक नपर्ला । अनन्याको हातमा अहिले चलचित्रको लाइन लागेको छ । बलिउडका ठूला ब्यानरसँग उनी टाइअप गरिरहेकी छिन् । बलिउडमा प्रवेश गरेको छोटो समयमा नै उनले जुन खालको सफलता पाएकी छिन्, यो लोभलाग्दो छ ।
उनै, अनन्याले यो बर्ष आयोजना भएको ‘फिल्म फेयर अवार्ड’मा उत्कृष्ट नव–नायिका विधामा अवार्ड प्राप्त गरिन् । अनन्या यो पल जीन्दगीको सबैभन्दा मिठो पल रहेको बताउँछिन् ।