• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आमा हेर्दा भावूक भएका पुजा र पलले भने ‘आमा’ जस्तो फिल्म खेल्ने चाहना हरेक कलाकारमा हुन्छ

नेपाल पोस्ट दैनिक
    February 26, 2020  मा प्रकाशित

Spread the love
      

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘आमा’ले दर्शकको मन जितिरहेको छ । समिक्षकको समेत उत्कृष्ट समिक्षा पाएपछि चलचित्रकी निर्मात्री शर्मिला पाण्डे दंग छिन् । चलचित्र हेर्ने अधिकांश दर्शकले यसलाई उत्कृष्ट भनेका छन् ।

तीन आमाको कथामा तयार भएको यो चलचित्रलाई कलाकारहरुले भने उत्कृष्ट भनेका छन् । मंगलबार काठमाण्डौको कुमारी हलमा चलचित्र हेर्न पुगेका नायक पल शाह, नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले ‘आमा’ उत्कृष्ट बनेको भन्दै सबैलाई हेर्न आग्रंह गरे ।

नायिका पूजा शर्माले दर्शकसँग हात जोड्दै भनिन्–‘म मनैदेखि सबैलाई आग्रह गर्न चाहन्छु कि आमा जस्तो चलचित्र सबैले हेर्नुहोला । किनकी, यस्तो मन छुने चलचित्र निकै कम बन्छ ।

उनले, आफूलाई पनि ‘आमा’ जस्तो चलचित्रमा काम गर्न मन लागेको सुनाउँदै भनिन्–‘यस्तो कथामा काम गर्ने चाहना त हरेक कलाकारमा हुन्छ । किनकी, एउटा कलाकारले यस्तो चलचित्रमा आफ्नो पूर्ण अभिनय क्षमता देखाउन पाउँछ । मैले पनि कहिलेकाही निर्देशक सुदर्शन थापालाई यस्तै खालका चलचित्र बनाउन आग्रह गरिरहेको हुन्छु ।’

नायक पल शाहले पनि चलचित्रले मन छोएको बताए । उनले भने–‘आमा उत्कृष्ट बनेको छ । यसको कथाले म कती ठाउँमा भावूक भए । हरेक दर्शकले यो चलचित्रलाई मिस गर्नु हुँदैन ।’

निर्देशक सुदर्शन थापाले ‘आमा’ जस्तो चलचित्र निर्देशनको हिम्मत राख्ने निर्देशक दीपेन्द्र के खनालको प्रशंसा गरे । उनले भने–‘यस्तो कथामा चलचित्र निर्देशन गर्ने हिम्मत जो कोही निर्देशकमा हुँदैन । ममा पनि छैन । दीपेन्द्रको कामको म तारिफ गर्छु ।’

पल, पूजा र सुदर्शनले नायिका सुरक्षा पन्तको कामको पनि खुलेर तारिफ गरेका थिए । बक्स अफिसमा सुखद व्यापार गरिरहेको चलचित्रको बलियो वर्ड अफ माउथले दर्शक बढिरहेको वितरक करण क्रेजीले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑