मुम्बइ १३ फाल्गुन/ बलिउडका चर्चित फोटोग्राफर डब्बु रतनानीको २०२० सालको क्यालेण्डर आइसकेको छ । यो क्यालेण्डरमा बलिउडका धेरै स्टारहरुका तस्वीर छन् तर सबैभन्दा धेरै चर्चा भने हिरोइन कियारा आडवाणीको छ ।
कियाराले फिल्म ‘कबीर सिंह’मा प्रितीको भूमिका निभाएकी थिइन् । ‘कबीर सिंह’का फ्यानहरुलाई कियाराको यो बोल्ड रुप मन परेन ।फ्यानहरुले कियाराको यो बोल्ड रुप देख्दा सहन नसकेपछि आ–आफ्नो तरिकाले उनलाई संस्कारी रुप दिएका छन् ।
कियाराले यो तस्पीर १८ फेब्रुअरीमा शेयर गरेकी थिइन् । त्यसलगत्तै फ्यानहरुले उनको यो अवतारलाई संस्कारी रुप दिन सुरु गरेका थिए । हेर्नुहोस् फ्यानहरुले के–के गरे ?