धर्म-संस्कार · प्रदेश ३

 इशानेश्वर मन्दिरमा सन्तान पाउने बिश्वासमा दम्पतीहरू ठाडो बत्ति बालिन

लमजुङ ११ फाल्गुन । लमजुङको मध्यनेपाल–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा एक हजारभन्दा बढी भक्तजनले ठाडो बत्ती बालेका छन् । सन्तान प्राप्तिको विश्वाससहित महाशिवरात्रिको अवसरमा विभिन्न जिल्लाबाट आएका भक्तजनले रातभर उभिएर बत्ती बालेका हुन् ।

इशानेश्वर मन्दिरमा शिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथपछि धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थल मानिन्छ । इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पुज्ने चलन छ । सन्तान नभएका दम्पतीहरू महाशिवरात्रिको अवसर पारी मन्दिर परिसरमा रातभरि उभिएर जाग्राम बसी ठाडो बत्ती बाल्ने गर्दछन् ।

रातभरि जाग्राम भई ठाडो बत्ती बालेमा सन्तान लाभ हुने भएकाले बत्ती बाल्नका लागि विभिन्न जिल्लाबाट भक्तजनहरू करापुटार आउने गर्दछन् । महाशिवरात्रि पर्वको अवसरमा धार्मिक मेला लाग्ने इशानेश्वर मन्दिरमा यसपटक एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मेला व्यवस्थापन समितिले ठाडो बत्ती बाल्ने भक्तजनका लागि करिब आठ सयजना क्षमताको सशुल्क स्थान बनाएको थियो । तर सोबाहेक पनि तीन सयको हाराहारीमा भक्तजनले ठाडो बत्ती बालेको र मन्दिरमा ३० हजारभन्दा बढी भक्तजनले बसेर बत्ती बालेको समितिको दाबी छ ।

शिवरात्रिको समयमा मात्र प्रवेश गर्न पाइने सो मन्दिरमा दर्शनार्थीले शिवलिंगमा दूध चढाउने र पूजा गर्न पाउने प्रावधान छ महाशिवरात्रिका दिन मन्दिरमा बिहानैदेखि नै भक्तजनको भीड लागेको थियो । अघिल्लो दिन मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहानै शिवमन्दिरमा दूध चढाउनेको भीड लाग्ने गर्दछ ।

अरूदिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रीको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैले शिवलिंगमा दूध चढाउने र पूजा गर्ने व्यवस्था मिलाइएको थियो ।महाशिवरात्रिको अवसर पारी लामो समय अघिदेखि सन्तान नभएका सयौं दम्पती मन्दिर परिसरमा रातभरि जाग्राम रही ठाडो बत्ती बाल्ने गर्दछन् ।

रातभरि जाग्राम भई ठाडो बत्ती बालेमा सन्तान लाभ हुने भएकाले बत्ती बाल्नका लागि काठमाडौं, कास्की, चितवन, तनहुँ, गोरखा, पर्वत, स्याङजा, नवलपरासीदेखिका भक्तजन लमजुङको करापुटार आउने गर्दछन् ।

श्रीस्वस्थानी व्रतकथामा पनि हालको इशानेश्वर महादेव मन्दिरमा सतीदेवीको दाँया तिघ्रा पतन भएको वर्णन गरिएको छ । त्यस पुण्यभूमिमा ताराकेश्वर महादेव उत्पन्न भई, इशानकोणमा अवस्थित रहेकाले सो तारकेश्वर महादेवलाई इशानेश्वर स्वरुप भनी इशानेश्वर महादेव नामाकरण गरिएको किम्वदन्ती छ । कारोबारबाट