अभियानताहरू सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले आज आयोगको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।
बाँस्कोटाविरुद्धको उजुरीको दर्ता नम्बर सी-०२६८७९ नम्बर रहेको छ। उनलाई भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गरिएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रसँग ७५ करोडको कमिसनको लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले ८ फागुनमा संचारमन्त्रीबाट राजीनामा दिइसकेका छन् । देखापटिबाट

काठमाडौँ ११ फाल्गुन । अख्तियारमा केही बेरअघि दर्ता गरिएको उजुरीमा बाँस्कोटालाई भ्रष्चारजन्य कसुरमा कारवाही गर्न माग गरिएको छ।