काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोआजका संकेत राम्रो नदेखिएको भन्दै कम्युनिस्ट पार्टीका नेताहरू क्रमशः बिग्रन थालेको बताएका छन् ।
भक्तपुरमा शुक्रबार कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै ठूलाठूला क्रान्तिका अगुवाइ गर्ने, प्रतिक्रियावादीको जेलनेल सहने कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता सत्तामा पुगपछि आदर्शबाट विस्थापित हुँदै जाने बताएका हुन् ।
“कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको लडाइँमा झण्डै दुई करोड, सोभियत संघकै मानिसहरूले बलिदान गरेर कम्युनिस्ट सत्ता जोगाए, फाँसिजमबाट । कति निर्मम लडाइँ थियो त्यो । पछि नलडिकन गयो त्यो । पुँजीपतिहरूले बडो चलाखीका साथ लगे, किन लगे त भन्दा कम्युनिस्ट पार्टीका नेताहरू नै आफ्नो आदर्शबाट च्युत भए ।
आफ्नो उद्देश्य र निष्ठाबाट विचलित भए । पुँजीपति पनि चाहिँदो रहेनछ, सेना पनि चाहिँदो रहेनछ, बन्दुक पनि चाहिँदो रहेनछ । आफैंले आफूलाई सिध्याउने रहेछन,” उनले सोभियत संघको समाजवादी सत्ता विघटनको उदाहरण दिँदै भने ।
उनले नेपालको कम्युनिस्टहरूको नियति पनि त्यस्तै हुने र त्यतैतिर जाने खतरा बढेको पूर्वप्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
“खतराका संकेतहरू मात्रै हुन् भइसक्यो भन्या होइन, मेरो भनाइलाई बढी नबुझियोस्, तर संकेत त त्यति राम्रा देखिएनन् नि आजभोलि ? यसो मान्छेहरू हे¥यो बिग्रनेतिर गएको जस्तो देखिँदैछ, यस्ता बेलामा हामीले नारायणविलास जोशीको सम्मान औपचारिकमात्रै हुनुहुँँदैैन,” उनले भने ।बाह्र खरिबाट
