मनोरञ्जन

अहिलेसम्मकै एक घण्टाको तीन करोड लिने नायिकाको सुचीमा उर्वशी रौतेल

काठमाडाैं ७ फाल्गुन /बलिउड नायिका उर्वशी रौतेले एक घण्टाको पर्फमेन्सका लागि तीन करोड भारतीय रुपैंया पारिश्रमिक लिएकी छिन् । स्पटब्वाईले उल्लेख गरे अनुसार एक घण्टा पर्फमका लागि यो रकम निकै धेरै हो ।

उक्त पत्रिकाले यो रकम अहिलेसम्मकै धेरै भएको दावी गरेको छ । उर्वसीले बीमार दिल, बिजलीकी तार, हसिनोको का दीवानालगायतका फिल्ममा डान्स गर्ने भएकी छिन् । मिस टीन इण्डिया र मिस दीवा जस्ता उपाधी जितेकी २५ वर्षिय यी नायिकाले हिन्दी चलचित्र ‘सिंह साहब दि ग्रेट’वाट डेब्यु गरेकी थिइन् ।

यसपछि उनले सनम रे, ग्रेट ग्रेण्ड मस्ती, हेट स्टोरी ४लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।