प्रदेश ३ · मुख्य समाचार

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरण सम्बन्धि मुद्दा चलाउन माग

काठमाडौं २९ माघ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणका तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै रिट दर्ता भएको छ। बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्च अदालतमा नेपाल र भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।

नीतिगत निर्णयको नाममा व्यक्तिले गरेका काम कारवाहीबाट उन्मुक्ति नमिल्ने दाबीसहित रिटमा छानविनको माग गरेका छन्। साथै जग्गा फिर्ता गरेको नाममा कसैलाई कारवाहीबाट वञ्चित गर्न नमिल्ने दाबी नेउपानेले रिटमा गरेका छन्।

ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।