मुख्य समाचार

भ्रष्टाचार

नरेन्द्र महतो गौशाला २५ माघ । नेपालमा कोरोना भाइरस भन्दा बढि भ्रष्टाचार मौलाउदै गईरहेको छ जुन कि प्रजातन्त्रमा भ्रष्टाचार कोरोना भाइरस तथा क्यान्सर रोग भन्दा बढि खतारानाक हुन्छ यी रोग लागेमा परिवारको आर्थिक स्थिति कमजोर हुन् को साथै मानिसको मृत्यु पनि हुन्छ तर देशमा भ्रष्टाचारि बढेमा देश सहित आमनगरिक कमजोर हुनको साथै देश संकटमा पर्छ।

देशको विकास कहिले अगाडि बढदैन,जनता कहिले खुशि हुन सकिदैन र देश आर्थिक स्थितीको भुम्रीमा फस्छ तसर्थ भ्रष्टाचारि गर्ने व्यक्ति कसैको हित हुन् सकिँदैन त्यो देशका दुश्मन मात्र हुन्छ।भ्रष्टाचार सहने र गर्ने दुबै देशको शत्रु हुन।कुनै पनि देश भ्रष्टाचारको बढवा दिएर उन्नति र प्रगति गर्न सकेको छैन। यस बाट उन्मुक्ति पाउनको लागि देश चलाउने व्यक्ति ईमान्दार तथा देश प्रति सम्रपित हुने खालको हुनु पर्छ।

भ्रष्टाचार गर्ने व्यक्ति जुन सुकै धर्म तथा पार्टिको किन नहोस त्यसलाई समयमा कर्वाई गर्ने हिम्मत भएको खण्डमा मात्र भ्रष्टाचारमा न्युनिकरण आउन सक्छ।अहिले हाम्रो देश भ्रष्टाचारीको १३५ न. सुचिमा रहेका छन । यो आफैमा लाज मर्दो विषय रहेको छ। देशमा प्रतिपक्ष दल बलियो हुन जरुरी छ सत्ता भन्दा प्रतिपक्षिको कारणले धेरै समस्याहरुको उज्यागर गरेर देशलाई खतरा बाट जोगाउन सकिन्छ ।

यदि प्रतिपक्ष दल कमजोर भएमा देशका सारा सिस्टम प्रणालिलाई तहनहस हुन्छ जसले गर्दा देश भ्रष्टाचारीको भुम्ररी भन्दा अगाडि उठन सकिँदैन । देशलाई बचाउन सत्ता पक्ष र प्रतिपक्षको काँधमा जति जिम्मेवारी छ त्यो भन्दा कयौं जिम्मेवारि नागरिक समाज, मानवअधिकारवादी, वुद्विजिवि, संचारकर्मी लगागत आम जनताहरुको पनि रहेको छ ।

किन कि देश संकट ग्रस्त अवस्था बाट गुजरी रहेको समयमा यी व्यक्ति तथा संस्थाहरुले समयमा सचेत गराउनु पर्छ यदि सधारण तरीका बाट सरकारले पाठ सिक्न सकेन भने देशमा आंधिवेरी ल्याएर देशलाई संकट बाट बचाउनु पर्छ त्यो व्यक्ति तथा संस्था नै देश भक्त कहलाउँछ । देशमा परिवर्तन कुनै एक पार्टिले आन्दोलन गरेर ल्याएको होईन ।

देशमा परिवर्तन ल्याउनको लागि कति सय व्यक्तिले समय समयमा आफ्नो ज्यानको आहुति दिएका छन र विभिन्न संघ संस्था, मजदुरहरुले मिलेर ल्याएको छ। देशमा रहेको विकृतिहरुलाई हटाएर नयाँ ढंग बाट देशको विकास र जनताको समस्याहरु समाधन गरेर देश उन्नति र प्रगति तिर जायोस । तसर्थ देशलाई भ्रष्टाचार मुक्त बनाउन सबैले आ आफ्नो तर्फ बाट साथ र सहोग गर्नु पर्छ ।

यति मात्र होईन देश प्रति माया ममता र स्नेह नभए कहिल्यै पनि भ्रष्टाचार संग उन्मुक्ति पाउन सकिँदैन तसर्थ नेपाल मेरो होईन हाम्रो हो भने भावना भएको खण्डमा मात्र भ्रष्टाचार मुक्त देश हुुन्छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।