मुख्य समाचार

छोरी शिक्षा बिमा सफल बनाउन बैठक सम्पन्न, सफल पार्न सवैलाई आग्रह

आरोहण शाह वीरगंज २४ माघ । बिन्दवासिनी गाँउपालिकामा माघ २८ गते हुने छोरी शिक्षा बिमाको लागि आज वडा सचिवहरुको बैठक सम्पन्न भएको छ ।

कार्यक्रमलाई सफल पार्न गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुले आज वडा सचिवहरुको भेला गराउनुभएको हो । गाँउपालिकाको कार्यालयमा सचिवहरुलाई निर्देशन दिदै प्रमुख कानुले माघ २८ गते हुने छोरी शिक्षा बिमाको लागि २०७५ माघ १ गते देखि जन्मेका नवजात बालिकाहरुलाई छोरी शिक्षा बिमा गराउनको निम्ति जन्मदर्ता अनिवार्य रुपमा बनाउन निर्देशन दिनुभयो ।

गाँउपालिका अन्र्तगतका सवै वडाका छोरीहरु बिमा नछुटने गरि काम गर्न निर्देशन दिनुभयो । उहाँले अभियान अवधिभरी कर्मचारीहरुलाई बिदा नलिई सवैको जन्मदर्ता बनाउन निर्देशन दिनुभयो । छोरी बिमाको लागि बालिकाको ६ वटा फोटो, जन्मदर्ताको प्रतिलिपि, अभिभावकको नागरिकताको प्रतिलिपि र ६वटा फोटो आवश्यक पर्ने भएकोले सो बारेमा व्यापक प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । उहाँले माघ २८ गते जन्मदर्ता बनाउनुपर्ने कागजातहरु लिई गाँउपालिकाको कार्यालयमा बस्न सवै वडा सचिवहरुलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री बेटी बचाउन बेटी पढाउन अभियान कार्यक्रम संचालन कार्य्बिधि २०७६ अनुसार छोरी शिक्षा बिमा÷मुद्दति बचत कार्यक्रमबाट कोइ बालिका बञ्चित नहोस भनेर लाग्न सवैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनिायार, लेखा अधिकृत मिथलेश कुशवाहा, स्वास्थ्य संयोजक नरेश प्रसाद चौहान, सह संयोजक रामेश्वर चौरसिया, वडा अध्यक्ष बिरेन्द्र महतो, हिमालय प्रसाद चौरसिया, रामाधार प्रसाद चौरसिया, अर्जुन प्रसाद चौहान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।