मुख्य समाचार

अख्तियारले दायर गर्यो विजयकुमार गच्छदारमाथि भ्रष्टाचारी मुद्दा

काठमाडौ २३ माघ ।नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ।

कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ। बालुवाटार ललिता निवासको जग्गा किर्तेमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार गच्छदारसहित १सय १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले गच्छदारविरुद्ध ९ करोड ६५ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ।

अख्तियारले भूमिसुधार मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेश गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कांग्रेस आकस्मिक बैठकमा पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि सहभागी रहेको महामन्त्री शसांक कोइरालाका निजी सचिव भरत तिवारीले जानकारी दिए।
आजको बैठकले भ्रष्टाचार मुद्दामा मुछिएका गच्छदारका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने छ।

जग्गा काण्डमा मुछिएका पुर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल लगायतलाई मुद्दा दायर नगर्ने , जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिने तर गच्छदारलाई मात्र दोषीका रुपमा मुद्दा दायर गरेको टिप्पणी कांग्रेसले गर्दै आएको छ । नेपाल लाइभबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।