मुख्य समाचार

बिन्दवासिनिमा नयाँ अधिकृत रौनियार आए, जाममा रहेका योजना अब शुरु हुने

आरोहण शाह वीरगञ्ज २० माघ  । विन्दवासिनि गाउँपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनियारले जिम्मेवारी सम्हाल्नुभएको छ ।

गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदि)ले फुलमाला लगाई स्वागत गर्नुभएको थियो । गाउँपालिकामा बिगत लामो समयदेखी प्रमुख प्रशासकिय अधिकृत को आउने भन्ने बिषयमा विभिन्न अड्कल बाजी लगाउँदै आइएको थियो ।

मुन्ना रौनियार निमित्त प्रशासकिय अधिकृत को रुपमा हाजिर भएपछि जाममा परेका परियोजना सञ्चालन हुने र बाँकी रहेका बिकास निर्माण एवम् सामाजिक गतिविधिमा तिव्रता आउने कुरा अध्यक्ष श्रीलाल साह बताउनुहुन्छ ।

त्यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत रौनियारले आफुलाई जनताको हितमा काम गर्ने जिम्मेवारी प्राप्त भएकोले पुर्वाग्रहरहित ढंगबाट भुमिका निर्वाह गर्ने बताउनुभयो । त्यस्तै शिक्षा अधिकृत मा आउनुभएका नया अधिकृत कपिल लामिछानेलाई पनि गाउँपालिकामा अध्यक्ष मोदिले फुलको माला लगाएर स्वागत गर्नुभएको थियो भने विद्यार्थिहरुले स्कुलहरुका समस्याका बारेमा अवगत गराएका थिए ।

उता लामिछानेले आफुले सबै समस्याको समाधान गर्ने बचन बद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।