मुख्य समाचार

एमसीसी रोक्ने महरा नै हो, ओलीको थप आरोप

काठमाडौं १५ माघ  । सत्तारुढ नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक काठमाडौंमा चलिरहेको छ । राष्ट्रिय सभा गृहमा बुधबारबाट सुरु भएको बैठकलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सो क्रममा प्रधानमन्त्री ओलीले एमसीसी (अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन) पारित गर्नु पर्ने बताएका छन् ।

एमसीसीबारे बैठकमा चर्काे बहस हुने अनुमान गरिएका बेला प्रधानमन्त्री ओलीले यसअघि नै एमसीसी पारित गर्नुपर्ने बताएर सदस्यहरुलाई यसबारे बहस गर्नुपर्ने नरहेको सन्देश दिएका छन् । यसअघि मंगलबार प्रतिनिधि सभाको बैठकमा पनि प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने बताएका थिए ।

एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सहमत रहेका बेला आफ्नै पार्टीभित्रबाट विरोधको स्वर निस्कन सक्ने भएकाले प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने बताएका हुन् ।

बुधबारको पार्टी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले एमसीसी रोक्ने कार्यमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरा रहेका बताए । एमसीसीबारे कुरा गर्न महरालाई जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘तर किन महराले एमसीसी रोक्ने कार्य गर्नु भयो, थाहा नै भएन ।’ स्वदे नेपालबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।