मुख्य समाचार

नेकपाको महाधिवेशन २०७७ चैत मसान्तमा गर्ने केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्ताव

काठमाडौं माघ १५ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको महाधिवेशन २०७७ चैत मसान्तमा गर्ने प्रस्ताव गरिएको छ ।

बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा महाधिवेशन ०७७ चैत २५ गतेदेखि ३० गतेसम्म गर्ने प्रस्ताव गरेका हुन् ।

अध्यक्ष दाहालले बैठकमा उक्त प्रतिवेदन पेश गरेका छन् । केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि धारणा राख्नेछन् ।

राजनीतिक प्रतिवेदनमा ‘०७७ भदौदेखि मंसिरसम्म स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने’ उल्लेख छ । यस्तै चैत मसान्तमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।