मुख्य समाचार

‘आमा ठूलो कि बच्चा ठूलो’ बाबुरामले जनाए असन्तुष्टि

काठमाडौँ १४ माघ । प्रतिनिधिसभा सांसद तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सभामुखको मर्यादाक्रम तल पारिएको भन्दै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा जनताको नीति निर्माणको उच्चतम थलो भएपनि कार्यकारी प्रधानमन्त्रीमात्रै नभइ कार्यपालिकाले बनाएको नीति निर्माणको व्याख्या गर्ने थलोका प्रमुखको समेत मर्यादाक्रम सभामुखको भन्दा माथि राखिएको भन्दै असन्तुष्टि जनाए ।

‘मर्यादाक्रममा राज्यको प्रमुख राष्ट्रपति र उपराष्ट्रपतिमाथि हुनुै पर्यो । त्यसपछिको मर्यादाक्रममा हुनुपर्ने जनप्रतिनिसभाको सभामुख हो’ मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले भने, ‘सबै नीतिहरुको लोकतान्त्रिक अभ्यासको उद्गम थलो प्रतनिधिसभा हो । तर दुर्भाग्यबस हामीले अर्काको नक्कल गरेर अरुलाई माथि राख्यौँ ।’

उनले आमा भन्दा बच्चा ठूलो हुन नसक्ने भन्दै अझ कार्यपालिकाले बनाएको नीति निर्माणका व्याख्या गर्ने न्यायपालिकाका प्रमुख प्रधानन्यायाधीशको समेत बरियता माथि राखिनु अशोभनीय भएको बताए ।

‘कार्यकारीणी व्यवस्थापिकाबाट जन्माउने भएकाले आमा ठूलो कि बच्चा ठूलो ? त्यतिमात्र होइन हामीले जानेर नजानेर न्यापालिकाका प्रमुखलाई समेत व्यवस्थापिका भन्दा माथि राख्यौँ । यसबाट सायद हामीले लोकतन्त्रका गरिमालाई अवमूल्य गरिराखेका छौँ । यो विषयमा ध्यान पुगोस् ।’ यो विषय सामान्य लागेपनि सांकेतिक रुपमा निकै महत्वपूर्ण रहेको पनि बताए ।सभामुख पदमा चयन भएकोमा अग्नि सापकोटालाई समाजवादी पार्टी र आफ्नो तर्फबाट बधाइ तथा शुभकामना व्यक्त गर्दै भट्टराईले संसदीय गरिमालाई उच्च राख्न पनि सुझाए ।

‘सदन विश्वमा लोकतान्त्रिक अभ्यासको सबैभन्दा उन्नत धरातलमा उभिएर गठन भएको हुनाले यसका क्रियाकलाप र गतिविधिहरु अलि विशिष्ठ प्रतिकृतिका होउन्, र त्यो गराउनका लागि यस सदनको नेताको नाताले यहाँको भूमिका महत्त्वपूर्ण हन्छ’ उनले भने । रातेपाटिबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।