मुख्य समाचार

अग्नि सापकोटाविरुद्ध सर्वाेच्चमा मुदा

काठमाडौँ १० माघ । प्रतिनिधिसभा सभामुख पदको निर्वाचन प्रक्रियामा एकल उम्मेदवार बनेका अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाउँदा लोकतन्त्रको मन्दिर संसदकै अपमान हुने दाबी गर्दै रिट दायर गरेका छन् ।

रिट निवेदनमा सापकोटालाई सभामुख निर्वाचित नगर्न/नगराउन आदेशको माग गरिएको छ । आगामी माघ १२ गतेका लागि सभामुखको निर्वाचन तोकिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार सापकोटा एक्लै उम्मेदवार भएकाले उनी निर्विरोध सभामुख निर्वाचित हुने जनाइएको छ ।लोकान्तरबाट


प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।