मुख्य समाचार

अख्तियारद्वारा ५ हजार घुससहित प्रहरी जवान पक्राउ

सिराहा ८ माघ । सिराहाबाट एक जना प्रहरी जवान बुधबार बिहान घुससहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरी जवान यादवले भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।