• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रधानमन्त्री केपी ओली , अग्नि सापकोटालाई सभामुख बनाउने सोच

नेपाल पोस्ट दैनिक
    January 19, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ ४ माघ । प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली स्थायी कमिटी सदस्य अग्नि सापोटालाई सभामुख बनाउन सकारात्मक भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा सापकोटालाई सभामुख बनाउन ओली सकारात्मक भएको स्रोतको भनाइ छ।

‘मैले पनि सापोटाजीको नाममा सहमति भएको सुनेको छु। अन्तिम निर्णय त सचिवालयले गर्छ होला,’ नेकपाका एक स्थायी कमिटी सदस्यले सेतोपाटीसँग भने, ‘सापकोटाका पक्षमा प्रधानमन्त्री सकारात्मक हुनुभएको भन्ने मैले थाहा पाएँ।’

सभामुखबारे अन्तिम निर्णय लिन नेकपा सचिवालय बैठक ४ बजे बालुवाटारमा बस्दैछ। सापकोटा अध्यक्ष प्रचण्ड निकट मानिन्छन्।

सभामुख चयनमा दुई अध्यक्षबीच लामो रस्साकस्सी चलेको थियो।

प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए। दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा सहमति हुन नसक्दा प्रतिनिधि सभाको बैठक एक महिनादेखि अवरुद्ध छ।

पूर्वमाओवादी पक्षधर नेताहरुले सभामुख पद आफूहरुले पाउनुपर्ने दावी गर्दै आएका थिए। विगतमा शक्ति बाँडफाँडका क्रममा सभामुख पूर्वमाओवादीलाई परेकाले यसलाई नै कायम गर्नुपर्ने उनीहरुको दावी थियो।

अध्यक्ष प्रचण्डलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले पनि साथ दिँदै आएका थिए। शक्ति सन्तुलनका दृष्टिकोणले पनि सभामुख पूर्वमाओवादी पक्षधर नेताहरुलाई दिनुपर्ने नेपाल पक्षको तर्क छ। यद्धपि नेपाल समूह यस विषयमा मौन छ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको दावी गर्दै आएकी छन्।

एक साता अगाडि नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजिनामा गर्न भनेको थियो। तर तुम्बाहाङफेले सभामुखको उमेदवार तय नभएसम्म राजीनामा नदिने अडान लिदै आएकी छन्।

गत असोजमा संसद सचिवालयकी एक कर्मचारीलाई  जवरजस्ती करणी गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा जेलमा छन्। त्यसयता सभामुख पद रिक्त छ। प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्दैछ। सेतोपाटिबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑