मुख्य समाचार

माघ ६ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, २७ पुस ।   आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गतेसम्मलाई स्थागित गरिएको हो । सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो।

बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेपनि तुम्बाहाम्फेले राजीनामा नदिँदा संसद बन्धक बनेको छ ।दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।