प्रदिप सिंह /सिरहा २३ पुष। सिरहा जिल्लाको धनगढीमाई नगरपालिका १२ ठटिया बस्ने २३ बर्षीय युवा १४ बर्षीय को एक बालिकालाई बलात्कार गरेको आरोपमा रामेश याद पक्राउ परेका छन् ।
बलत्कृत भएको एक १४ बर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अरोपमा ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र लहान बाट खटिएको प्रहरी टोलीले यादबलाई पक्राउ गरेको छ।
खटिएको प्रहरी टोलीले यादबलाई पक्राउ गरी थपअनुसन्धान गरीरहेको लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याएको सिरहा जिल्लाको प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चतुरबेदीले बताए।