• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

यि महत्वपूर्ण कुराहरु मात्रै पिताबाट सिक्न सकिने

नेपाल पोस्ट दैनिक
    January 6, 2020  मा प्रकाशित

Spread the love
      

‘एक पिता  सयौं शिक्षक भन्दा ठूलो गुरु हुन् ।’ हरेक व्यक्तिको सफलतामा आफ्नो बाबुको हात अवश्य हुन्छ ।

काम विशेषले टाढा रहनुपरेको नै किन नहोस्, सानो भन्दा सानो निर्णय लिनु पर्दा पनि उनको सल्लाह लिने गर्छौं ।

अभिभावकीय जिम्मेवारीमा बुबाको कुनै विकल्प नै छैन । हरेक छोरा-छोरीले धेरै कुरा आफ्नो बुबाबाट मात्रै सिक्न सक्छन् । ‘इन्टरनेशनल फादर्स डे’को अवसर पारेर यहाँ बुबाबाट मात्रै सिक्न सकिने महत्वपूर्ण ५ कुरा उल्लेख गरिएको छ ।

१. परिवारका सदस्यको ख्याल राख्न
परिवार सानो होस् या ठूलो हरेक बाबु आफ्नो परिवारको अभिभावकीय जिम्मेवारीमा हुने गर्छन् । जब कुनै समस्या पर्छ, सबैले उनीबाट अपेक्षा राख्छन् । उनले कसैलाई निरास पर्दैनन् । आफूले दु:ख भोगेर नै किन नहोस्, गर्जो अवश्य टर्छ । प्रत्यक्ष भूमिका नदेखिएको ठाउँमा पनि उपस्थितिको आभाष हुन्छ । कसैप्रति आफ्नो जिम्मेवारी कसरी निभाउने, यो कुरा एउटा बुबाबाट मात्रै सिक्न सकिन्छ । कसरी अरुलाई खुसी राख्ने भन्ने कुरा सिकाउने अरु कुनै इन्स्टिच्यूट नै हुँदैन ।

२. माफ गर्न
मानिस हत्तपत्त कसैलाई माफी दिइहाल्ने प्राणी होइन । हामी कसैले भूल गर्‍यो भने मुखले त माफी दियौँ भन्लाऊँ, तर मनमा तुष अवश्य बाँकी रहन्छ । यदि दुनियाँमा सारा बुबा यस्तै भए भने छोराछोरीको के होला ? बुबाको भूमिका मात्रै यस्तो हुन्छ, जसले आफ्ना छोराछोरीलाई सहजै माफी दिनसक्छ । हामीले आफ्नो बुबाबाट यो कुरा पनि अवश्य सिक्नु जरुरी छ ।

३. कठिन मेहनत
कसैले आवारागिरी गरेर हिँड्यो वा परिवारप्रति जिम्मेवार भएन भने यसको विहे गरिदिनुपर्‍यो भन्ने चलन छ । त्यो भनेको जिम्मेवारीबोध गराउने प्रयास नै हो । हमीले कैयन यस्ता उदाहरण देख्न सक्छौं, जो विवाह पछि अझै सन्तान भएपछि निकै मेहनती हुन्छन् । सायदै यस्ता बाबु होलान्, जसले आफ्नो परिवार पाल्नका लागि मेहनत गर्दैन । कडा परिश्रम के हो ? त्यो कुरा पनि हामीले बुबाबाट नै सिक्न सक्छौँ ।

४. अरुबाट केही सिक्न
मानिसहरु बाबु बनेपछि धेरै जिज्ञासु बन्छन् । आफूलाई आवश्यक शिक्षा जो कोहीबाट लिन पछि पर्दैनन् । अरुबाट केही न केही सिक्ने गुणले हमेशा सफलताको मार्गमा डोहोर्‍याउँछ । त्यसैले अरुबाट कसरी शिक्षा लिनुपर्छ, यो कुरा पनि आफ्नो बुबाबाट सिक्नुपर्छ ।

५. हारपछि अवश्य जित हुन्छ
परिवारमा बेलाबखत समस्या आउने गर्छ । तर, बुबाले विचलित नभइकन सोचेर कदम चाल्छन् । उनको धैर्यता र सुझबुझले एकदिन अवश्य सार्थकता पाउँछ । यदि एउटा बाबु समस्याबाट आफैँ भाग्यो भने उसका छोराछोरीको अवस्था के होला ? सोच्नलायक विषय छ । हारमा कसरी विचलित नभइ धैर्यतापूर्वक कदम चाल्नुपर्छ भन्ने कुरा एउटा बाबुबाट मात्रै सिक्न सकिन्छ । हारपछि अवश्य जित हुन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • १९ औ वार्षिक समाजिक लेखाजोखा कार्यक्रम
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
  • मधेसमा छठ पर्वको रौनक सुरु
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑