• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सभामुखबारे छलफल गर्न ओली–प्रचण्ड बालुवाटारमा

नेपाल पोस्ट दैनिक
    January 6, 2020  मा प्रकाशित

Spread the love
      
काठमाडौँ २१ पुस। सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच घनीभूत छलफल सुरु भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबा…
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको छलफलमा ओली र प्रचण्डको अलवा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।
बालुवाटार स्रोतका अनुसार ओली र प्रचण्डबीच सभामुख बाहेक प्रदेश ३ को राजधानी र नामाकरण तथा वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय सदस्य बढाउनुपर्ने भनेर दिएको अभिव्यक्तिका बारेमा समेत छलफल हुनेछ ।

नेता नेपालले आइतबार धनगढी पुगेर तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल र अष्टलक्ष्मी शाक्यलाई सचिवालयमा ल्याउनुपर्ने बताएका थिए ।

‘सचिवालय अलि मिलेको छैन । मिलाउनुपर्छ,’ नेता नेपालले धनगडीमा भनेका थिए । तर ओली भने तत्काल सचिवालय सदस्य नबढाउने पक्षमा छन् । गत पुस पहिलो साता सम्पन्न स्थायी समिति बैठकमा समेत सचिवालय संख्या बढाउने वा नबढाउने भन्ने बहस भएको थियो ।

नेकपाले सभामुखबारे निर्णय गर्न नसक्दा संसद नै बन्धक बनेको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ । नेकपाले सभामुख आफुले लिएर उपसभामुख अन्य दललाई प्रस्ताव गर्ने तयारी गरेपनि उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिएकाले संसद बैठक पटकपटक सर्दै आएको छ । पुस ४ गते सुरु भएको प्रतिनिधि सभा बैठक सुचना टाँसेर त्यसयता दुई पटक स्थगित भैसकेको छ । अवको बैठक पुस २७ गतेलाई बोलाइएको छ ।

नेकपाकै कतिपय नेताहरुले उपसभामुख तुम्वाहाङफेले राजीनामा दिएपछि मात्रै पार्टीको आधिकारिक उम्मेदवार तय गर्न सहज हुने बताउदै आएका छन् । संविधानतः एउटै पार्टीको सभामुख हुन नपाउने भएकाले नेकपाले सभामुख र उपसभामुखमध्ये एक पद मात्रै पाउने छ ।

त्यसो हुँदा संसदको ठुलो दल भएकाले पनि नेकपाले सभामुखमा दावी गर्नु अस्वभाविक होइन । तर यसअघिको समीकरणमा तत्कालीन नेकपा माओवादीले समुहले पाएको सभामुख पद अव पनि उसैले पाउनुपर्ने अडान पूर्व माओवादी पक्षको छ । तर पार्टी एकता घोषणा भैसकेकाले पुर्व माओवादी र एमाले भन्न नहुने भन्दै प्रधानमन्त्री ओली पूर्व एमालेबाटै सभामुख चयन गर्ने पक्षमा छन् । त्यसका लागि ओलीले पूर्व संविधानसभाका अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेका छन् ।

पूर्व माओवादी समुहले अध्यक्ष प्रचण्डमार्फत पूर्व सहमति तोड्न नहुने भन्दै पूर्व माओवादीबाटै सभामुख बन्नुपर्ने दवाव दिइरहेका छन् । पूर्व माओवादी समूहबाट अग्नि सापकोटा,देव गुरुङ र पम्फा भुसाल उम्मेदवारका रुपमा चर्चामा आएका छन् ।

पूर्वमाओवादी समूहका नेताहरुले पटकपटक कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर कुनै हालतमा सभामुख पद नछोड्न दवाव दिइरहेकाले प्रचण्डले आजको बालुवाटार बैठकमा आफ्नो बाध्यता सुनाउने तयारी गरेका छन् ।

‘यस्तो अवस्थामा जुन अध्यक्षले कन्भिन्स गर्न सक्छन् उसैले भनेको व्यक्ति सभामुखको उम्मेदवार हुन्छ’, एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘अहिलेसम्म पूर्व एमाले कि पूर्व माओवादी भन्ने विनविन सम्भावना छ । तर अब हुने छलफलमा जसले बढी कन्भिन्स गर्नसक्छ उसैको पक्षमा निर्णय हुन्छ ।’

आगामी पुस २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुने भएकाले पनि त्यसअघि नै नेकपाले यसबारे टुगो लगाउनुपर्ने बाध्यता छ ।

नेताहरुले सभामुखको उम्मेदवार टुङ्ग्याउन ढिला गरेकाले उता उपसभामुख तुुम्वाहाङफेले उम्मेदवार तय नभइ राजीनामा नदिने अडान राख्दै आएकी छन् । तुम्बाहाङ्फे आफै पनि सभामुख हुने दौडमा छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको नेकपाकै नेताहरुको भनाइ छ । रातोपाटिबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑