मुख्य समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसँगै हिरा पनि समातियो, दुई जना पक्राउ

काठमाडौँ २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पनि ५०० ग्राम सुन समातिएको छ । भारतीय नागरिक कोताकुथ किजजाकेथिल नौसादको साथबाट प्रहरीले सुन समातेको हो ।

युएईको सारजाबाट काठमाडौँ आउँदै गरेका नौसादलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको विमानस्थलका एसएसपी राम कृपाल साहले रातोपाटीलाई बताए ।

यस्तै  विमानस्थलबाट २०० ग्राम हिरासहित एकजना पक्राउ परेका छन् । मलेसियाबाट नेपाल आएका भारतीय नागरिक मोहम्मद म्यादिन स्थलीको साथबाट हिरा बरामद भएको प्रहरीले जनाएको छ ।भन्सार कटिसकेका साथलीमाथि शंका लागेर केएमसी अस्पतालमा लगेर मेडिकल गराउँदा पेटमा हिरा लुकाएर ल्याएको भेटिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

विमानस्थलबाटै पछिल्लो ६ दिनमा ५ किलो सुन बरामद भएको छ । रातोपाटिबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।