• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समाजवादी पार्टीको प्रदेश उमेदवारीमा लाजमर्दो मधेस राजनीति

    January 5, 2020  मा प्रकाशित

Spread the love
      

राजबिराज २० पुस । मुलुकमा जुनसुकै ब्यबस्था आए पनि गाउँका सामन्त जमिनदार, हुनेखाने वर्ग र जातिकै हालीमुहाली रहँदै आएको छ । लोकतन्त्र आएदेखि राजनीति दलमा यसको प्रवेश झन् लाजमर्दो तरिकाले बढेको छ । प्रश्न जति उठे पनि आफ्नो राजनीति चरित्र र ब्यवहार राजनितीक दलले मजाकमा उडाउँदै आएको छ । पछिल्लो समय उदाएका मधेसी राजनीतिमा पनि त्यसको प्रतिबिम्ब भन्दा पनि घिनलाग्दो तरिकाले अगाडि बढेको छ ।

त्यसैको उदाहरण हो राष्ट्रियसभा सांसद पदका लागि सप्तरीमा एकै परिवारका दुई दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका घर भएका अनिरुद्र सिंह यादव समाजवादी पार्टीका नेता हुन् भने उनका भाइ मृगेन्द्र सिंह यादव राजपाका नेता हुन् जुन दुबै जनाबीच प्रतिस्पर्धा हुन लागेको हो । पार्टी पनि दुबै जनाको त्यस्तै फेला परेको छ ।

फरक विचारको नाममा राजनीतिक दलहरुले पनि त्यस्तैहरुलाई टिकट बेच्दै आएको आरोप लाग्दै आएको छ । तर पनि राजनीतिक दलको चाला उहि छ । मृग्रेन्द्र र अनरुद दाजुभाइ सप्तरीका नामी सामन्ती घरेनाका जमिनदारहरु हुन् । रेणु यादव पनि तिनै खालका हुन् । जसले हरेक ब्यबस्थामा आफ्नो पकड राख्दै आएको छ ।

राष्ट्रिय जनता पार्टी ९ राजपा० नेपालले मृगेन्द्रलाई र समाजवादी पार्टीले अनिरुद्रलाई प्रदेश २ बाट उम्मेदवार बनाएका छन् । यी दाजुभाइले आइतबार उम्मेदवार दर्ता गराउँदै छन् । राजपाले मृगेन्द्रलाई शनिबार दिउँसै उम्मेदबार बनाउने निर्णय गरे पनि अनिरुद्रलाई शनिबार राति समाजवादी पार्टीले उम्मेदबार चयन गरेका छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा पनि दुवैले सप्तरी क्षेत्र नम्बर ४ बाट फरक–फरक दलबाट प्रतिस्पर्धा गरेका थिए । मृगेन्द्र तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट र अनिरुद्र मधेशी जनअधिकार फोरमबाट उम्मेदबार बनेका थिए । तर, दुवै पराजित भए । सो क्षेत्रबाट नेपाली कांग्रेसका सुरेन्द्र यादव निर्वाचित भएका थिए ।

त्यसो त मृगेन्द्र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सप्तरी क्षेत्र नम्बर ४ बाट उम्मेदबार बनेका थिए । तर उनी कांग्रेसका तेजुलाल चौधरीसँग पराजित भएका थिए । यसरी एउटै परिवार र जातिहरुबाट विभिन्न पार्टीमा प्रवेशगरी राजनीति ब्यबस्था कब्जा गर्ने परिपाटीको विकास मधेसमा भएको कुनै नौलो होइन पुरानै हो ।

जनतालाई भ्रममा पार्दै अरु उत्पीडनमा परेका जाती र समुदायलाई राजनीतिक दलले असक्षमताको आरोप लगाउँदै समाजका यस्ता प्रवृत्तिलाई राजनीतिले साथलिएकोमा मुलुक अगाडि बढ्न नसकेको राजनीतिक कर्मी ताजमोहमद आलमले वताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑