• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध चार करोड ६८ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

नेपाल पोस्ट दैनिक
    January 3, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ १८ पुस । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा रहेर अस्वाभाविक रुपमा सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोतसमेत खुल्न नसकेको भन्दै अख्तियारले उपसचिव ढुङ्गानाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दामा उनकी पत्नी मधु कोइराला (ढुङ्गाना)लाई पनि विपक्षी बनाएको छ ।

अनुसन्धानका क्रममा उपसचिव राजेन्द्रले चार करोड ६८ लाख ४८ हजार पाँच सय ५६ रुपैयाँ ४५ पैसा गैरकानूनी रुपमा आर्जन गरेको पाइएको अख्तियारको दावी छ । उनीविरुद्ध अख्तियारमा सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने उजुरी परेपछि अख्तियारले छानविन थालेको थियो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २०४९ साउन १९ देखि सार्वजनिक सेवामा प्रवेश गरेका राजेन्द्र ढुङ्गानाले २०७५ असार ३२ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७९५ रुपैयाँ ८ पैसाहुन आउँछ । उक्त आयको तुलनामा उनले सोही अवधिमा गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ रुपैयाँ ५३ पैसा रहेको अनुसन्धानबाट खुलेको छ ।

निजले गरेको खर्च तथा लगानीमध्ये ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसाको स्रोत खुल्न नआएको हुँदा उनले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।

उनले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती मधु कोइराला (ढुङ्गाना) को नाममासमेत खरिद गरी राखेको देखिएको अख्तियारले जनाएको छ ।रातोपाटिबाट ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑