• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ओली र प्रचण्डको कडा निर्देशन : कुनै पनि हालतमा हेटौडा राजधानी हुनुपर्छ

नेपाल पोस्ट दैनिक
    January 2, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ १७ पुस । नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी मकवानपुरको हेटौडा राख्न दिएको निर्देशन संविधान र प्रदेश सभाको अधिकारविपरित भन्दै विरोध भइरहेको छ ।

प्रदेशसभा सदस्यहरुले यसको चर्को विरोध गर्दै कुनै हालतमा हेटौडा राजधानी हुन नसक्ने बताइरहेका छन् । तर, नेकपाको नेतृत्व भने मातहतका पार्टी कमिटीहरुलाई हेटौडा नै राजधानी राख्न चर्को ‘दवाव’ दिइरहेको छ ।

गत आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौडा र नाम वागमती राख्न निर्देशन दिएको थियो । सचिवालयको यो निर्णयलगत्तै नेकपाका प्रदेश सांसदहरुले निर्णयको विरोध गर्न थालेपछि त्यसको तेस्रो दिन नेकपाका नेताहरुले प्रदेश तीनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षलगायतका नेताहरुलाई बालुवाटार बोलाएर ‘प्रदेश तीनको राजधानी हेटौडाबाट दायाँबायाँ नगर्न’ कडा निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

‘राष्ट्रिय राजनीतिको समेत विश्लेषण गरेर हेटौडा राजधानी राख्ने निर्णय गरेको हो । तपाइँहरुले पनि त्यसै अनुसार भूमिका निर्वाह गर्नु । त्यसबाट दायाँबायाँ नहोस्’, बालुवाटारमा अध्यक्षद्धयको निर्देशन उद्धृत गर्दै प्रदेश तीनका एक नेताले भने, ‘हेटौडामा संरचना बनिसकेका छन् अन्य ठाउँमा फेरि संरचनाहरु बनाउनुपर्ने हुन्छ । त्यो झन्झट किन व्यहोर्नु ? त्यसैले यो निर्णय परिवर्तन हुँदैन ।’अध्यक्षद्वयको यस्तो निर्देशनलाई नेकपा ३ नम्बर प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्यले भने ठाडै विरोध गरेकी थिइन् । रातोपाटिबाट
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑