• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

केन्द्रको ‘रबर स्ट्याम्प’ नबन्ने उद्घोष : प्रदेश ३ मा राजधानी विवाद

नेपाल पोस्ट दैनिक
    December 30, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडौँ १४ पुस । प्रदेश नम्बर ३ को राजधानी हेटौँडा राख्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय निर्णयप्रति सोही पार्टीका सांसदहरुले चर्को विरोध गरेका छन् ।

उनीहरुले उक्त निर्णय कुनै हालतमा कार्यान्वयन हुन नसक्ने भन्दै केन्द्रको हस्तक्षेपकारी निर्णय आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । नेकपाका सांसदहरुले संघीयता र संविधानको समेत मर्म विपरित प्रदेशका सांसदहरुले गर्नुपर्ने निर्णयमा पार्टी केन्द्रले हस्तक्षेप गर्न नमिल्ने भन्दै यदि राजधानी तोक्ने विषयमा हस्तक्षेप गरे आफूहरुले त्यसलाई उल्ट्याइदिने चेतावनी दिएका छन् ।

आइतबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा र प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको थियो । केन्द्रको यो निर्णयलाई उनीहरुले अव्यवहारिक, असंवैधानिक र अलोकतान्त्रिक संज्ञा दिँदै कुनै हालतमा मान्न नसकिने बताएका छन् ।

‘पहिलो कुरा हाम्रो नेतृत्वले त्यस्तो निर्णय गर्यो भन्नेमा हामीलाई विश्वास नै छैन । कसैले बोलेको भरमा त्यो निर्णय नै हो भन्न पनि सकिदैँन,’ नेकपाका नेतासमेत रहेका प्रदेश नम्बर ३ का सांसद पशुपति चौलागाईँले रातोपाटीसँग भने, ‘यदि नेतृत्वले त्यस्तो निर्णय नै गरेको हो भने पनि त्यो हाम्रा लागि कुनै हालतमा मान्य हुँदैन ।’

उनले नेकपा नेतृत्वले यस्तो अविवेकी र असंवैधानिक निर्णय गर्लाजस्तो आफूलाई नलाग्ने बताए । ‘यसरी निर्णय गर्नु भनेको जनमत र संविधान विपरित समेत ठहर्छ,’ उनले भने । उनले संघीयता र संविधानले प्रदेश सभालाई आफ्नो प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने अधिकार दिएकाले विधिसम्मत ढंगले प्रदेश ३ को राजधानी टुङ्ग्याउने पनि बताए । ‘हामी केन्द्रको रबर स्ट्याम्प बन्दैनौँ ।

त्यस्तो अपराध गर्न हामीलाई छुट छैन । हामी मतदानमा जान्छौँ र मतदान गर्दा पहिलो प्राथमिकता काभ्रेमा राजधानी राख्ने गरी मतदान गर्छौँ’, चौलागाइले भने, ‘यस विषयमा हामी कसैको आदेश वा निर्देशन पालना गर्दैनौँ ।’

त्यस्तै अर्का प्रदेश सांसद विशाल खड्काले सचिवालयले गरेको उक्त निर्णय अवैज्ञानिक र अव्यवहारिक भएको प्रतिकृया दिए । उनले भने, ‘यदि यही नै पार्टीको निर्णय हो भने अवैज्ञानिक र अव्यवहारिक त छँदैछ, जनभावना विपरित पनि छ । यसमा हाम्रो गम्भीर असहमति रहन्छ । हामी संविधानअनुसार प्रकृयामा गएर राजधानीको टुङ्गो लगाउँछौँ, त्यसमा दुईमत नै छैन ।’

उनले आफूहरु संघीयताको मर्म र संविधानको भावनाविपरित जान नसक्ने भन्दै यसको जवाफ मुख्यमन्त्री र नेकपाको केन्द्रले दिनुपर्ने बताए । ‘पार्टीले यो निर्णय गरेको हो भने सच्चाउने अझै पनि एकमात्र उपाय छ, त्यो भनेको मतदानबाट राजधानी टुङ्ग्याउने हो,’ उनले भने, ‘त्यसरी अघि बढे बहुमत सांसदहरुले हेटौँडा राजधानी हुनुपर्छ भन्नेको विपक्षमा मतदान गर्छन् ।’

उनले प्रदेश संसदबाट निर्वाचनको कार्यविधि समेत पास गरिसकेको अवस्थामा पार्टी केन्द्रले त्यस्तो निर्णय गरेको भए संघीयतालाई ‘झुम्राको पुतली’ बनाउन खोजेको आरोप पनि लगाए । ‘यसरी निर्णय गर्ने हो भने किन संघीयता चाहियो ? किन चाहियो संविधान ?’ उनले भने, ‘यो निर्णय संघीयतालाई झुम्राको पुतली बनाउनेजस्तै हो ।’

धादिङका अर्का प्रदेश सांसद तथा नेकपाकै नेता राजेन्द्र पाण्डेले पनि नेताहरुले केन्द्रबाट निर्णय गर्दैमा त्यो निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने बाध्यता नरहेको बताए । ‘संविधानमा के लेखिएको छ ? त्यो संविधानमा हस्ताक्षर गर्ने नेताहरु को को हुन् ? किन हस्ताक्षर गरे ? त्यसकारण राजधानीको टुङ्गो लगाउने अधिकार संविधानले जसलाई दिएको छ, त्यसले मात्रै काम गर्छ, गर्नुपर्छ,’ पाण्डेले रातोपाटीसँग भने, ‘कसैले भन्दैमा त्यही गर्नुपर्छ भन्ने हुँदैन । हामीले त पहिलो प्राथमिकता संविधानलाई दिने हो ।’ रातोपाटिबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑