• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा हो : अध्यक्ष प्रचण्ड

नेपाल पोस्ट दैनिक
    December 30, 2019  मा प्रकाशित

Spread the love
      

चितवन, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,“समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा हो, जबसम्म शिक्षामा प्रगति हँुदैन र राज्यले शिक्षालाई प्राथमिकता दिएर त्यसको विकासको निम्ति लगानी बढाउँँदैन, तबसम्म विकास र समृद्धिले गति लिन सक्दैन ।’’

उहाँले विकसित देशले अहिले पनि शिक्षामा लगानी बढाएका छन् भने नेपाल जस्तो पिछडिएका देशमा शिक्षामा लगानी अभिवृद्धि गर्नुपर्ने खाँचो रहेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ केही वर्षअघि आँधीहुरी जस्तो निजी विद्यालय खुल्ने क्रम बढ्यो, सार्वजनिक विद्यालय नाजुक हुनुपर्ने अवस्थामा पुग्यो तर अहिले सामुदायिक विद्यालयले पनि शैक्षिक गुणस्तरमा राम्रो सुधार गरिरहेका छन्, सार्वजनिक विद्यालयलाई जति राम्रो गर्न सक्यो समृद्धिको यात्रालाई त्यत्तिकै तीव्र गतिमा लैजान सक्छौँ ।’’

उहाँले आफू प्रधानमन्त्री हँुदा सो विद्यालयको भौतिक पूर्वाधारका लागि बजेट उपलब्ध गराएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेे प्रतिबद्धता जनाउनुभयो ।

विसं २०२७ मा स्थापना गरिएको यस विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक तथा पूर्वमन्त्री हितराज पाण्डे र विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङलाई सम्मान गरिएको थियो ।

स्वर्ण महोत्सवको अवसरमा विभिन्न खेलकूद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिनुभयो ।

यसैबीच अध्यक्ष प्रचण्डले आजै नेकपा इच्छाकामना गाउँ कमिटीका सदस्यलाई शपथ गराउनुभएको थियो । दानबहादुर गुरुङको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । दैनिक नेपालबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑