काठमाडौँ । प्रतिनिधिसभाको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले आइतबार थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम अनुगमन गरेको छ ।
सो गोदाममा राखिएका हजारौँ क्वीन्टल चालम कुहिएको समाचार सार्वजनिक भएपछि समितिले अनुगमन गरेको हो । गोदाममा रहेको चामलमा चिलेसा पर्नुका साथै रङ परिवर्तन भएर खैरो भएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित विभागको टोलीले पुस १ मा अनुगमन गर्दा बोरामा राखिएका सामल खान अयोग्य अवस्थामा फेला परेको थियो ।
अनुगमनका क्रममा चालमका बोराहरु खोलेर हेर्दा चिलेसा लागेको अवस्थामा फेला परेको थियो । स्तै समितिले गोदाममा राखिएका अन्य खाद्य पदार्थको अवस्थाको बारेमा पनि जानकारी लिएको थियो ।