काठमाडौं, २२ मंसिर । लमजुङमा आइतबार बिहान बस दुर्घ टना हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्। जिल्लाको बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस दुर्घ टनामा परेको हो । बिहान पौने ८ बजेतिर पाउँदीनजिकको प्रहरी बिट र सिमलको बोटको बीचमा केही बेर रोकेर राखिएको अबस्थामा बस अनि यन्त्रित भई पाउँदी खोलामा खसेको हो।
दुर्घटनामा ३५ वर्षीया महिलाको ज्यान गएको छ । तर उनको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि सुन्दरबजार कर्मदा अस्पतालमा पुर्याउनेबित्तिकै चिकित्सकले मृ त घोषणा गरेका थिएश्र दुर्घ टनामा घाइते भएका ७ जनामध्ये ४ जनालाई उपचारका लागि चितवन लगिएको छ भने एक जनाको स्थानीय कर्मदा अस्पताल मा उपचार भइरहेको छ। दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणले घाइतेको उद्धार गरेका थिए ।
