मुख्य समाचार

सुवास नेम्वाङलाई सभामुख बनाउने ओली र प्रचण्डको सकारात्मक सोच !

काठमाडौ २० मंसिर ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन पार्टीका अध्यक्षद्वय सकारात्मक भएका छन् ।  अध्यक्षद्वयबीच कार्यविभाजन र मन्त्री हेरफेरकै समय दुईजनाबीच सभामुखको बारेमा पनि लगभग सहमति भएको स्रोतको दावी छ तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आफ्ना पक्षका नेताहरुसँग कुरा गर्न बाँकी रहेको कारण’ त्यसलाई अन्तिम रुप दिन सकेको छैन ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्माओलीले आफू अनुकूल सभामुख बनाउने अडान पार्टीमा लिएका थिए । तर तत्कालिन माओवादीको तर्फबाट सभामुख बनेको कारण सोही पक्षबाट पुनः बन्नुपर्ने अडान अध्यक्ष प्रचण्ड पक्षको थियो । संसद सचिवालयका महिला कर्मचारीलाई दुरव्यवहार गरेको आरोपमा सभामुख पदबाट मुक्त भएका कृष्णबहादुर महरा तत्कालिन माओवादीबाट सभामुख बनेका थिए ।

त्यही भएर तत्कालिन माओवादी पक्षका नेताहरुले सभामुखमा दावी गरिरहेका छन् । त्यसमा देव गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, ओन्सारी घर्तिमगर लगायतले सभामुखका लागि दाबेदारी पेश गर्दै आएका छन् । प्रधानमन्त्री ओली सरकारको काम गर्न र गराउन आफूले चाहेको व्यक्ति सभामुख हुनुपर्ने अडानमा छन् । रातोपाटिबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।