काठमाडौं १६ मंसिर । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् ।
उनले आफू उठेर बोल्न, साथीहरु सँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । उनको मगलबार एपेण्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
सेन्टरको सघन उपचार कक्षमा रहेका उनले सोमबार भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ ‘मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’
आफूले आइतबारको १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेको उनले सुनाएका छटन् । ‘हुनसक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ’ उनले भनेका छन्, ‘मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’ अनलाइन खबरबाट
