Breaking News

सिरहाबाट वडाध्यक्षमा नेकपाका यादव विजयी

सिरहा ।शनिवार भएको उप निर्वाचनमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को रिक्त अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  दिलीप कुमार यादव विजयी भएका छन् ।
यादव ८ सय २५ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटम प्रतिद्वन्दीलाई १ सय ७१ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यादवका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार प्रदिप कुमार महतो र नेपाली काँग्रेस पार्टीका उम्मेदवार राज कुमार मुखियाले समान ६ सय १५ मत प्राप्त गरे ।
यस्तै जनमत पार्टीका मो. अताउल रहमानले १ सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सय ४१ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका ५ जना मध्ये ४ जनले खाता समेत खोल्न सकेनन् । ३ हजार ४ सय ५० मतदाता रहेको उक्त वडामा २ हजार ४ सय ८० मत खसेका थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।