मुख्य समाचार

मन्त्रिमण्डल पुनर्गठनको ‘साइड इफेक्ट’ : उपेन्द्र यादव

काठमाडौँ ७ मंसिर । सरकारमा रहिरने वा बाहिरिने भन्ने सवालमा समाजवादी पार्टीले अनौपचारिक रुपमा आन्तरिक छलफल थालेको छ । उपप्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा रहेको समयमा उनको जिम्मेवारी हेरफेर गरिएको तथा सोही पार्टीबाट तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका डा. सुरेन्द्र यादवलाई अस्पतालको शैयामा रहेको समय सरकारबाट हटाइएको विषयलाई पार्टीले गम्भीर रुपमा लिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दै सरकारमा समाजवादी पार्टीको कोटासमेत घटाएका थिए । यसअघि दुई मन्त्री र एक राज्यमन्त्री पाएको समाजवादी पार्टीबाट हाल सरकारमा दुई जना मन्त्री छन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी बोकेका उपप्रधानमन्त्री यादवलाई हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । सो पार्टीबाट सरकारमा सहभागी मोहम्मद इस्तियाक राईलाई यथावत जिम्मेवारीमा राखिएको छ भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका सुरेन्द्र यादवलाई हटाइएको हो ।

मन्त्रिपरिषदमा पार्टीको कोटा घटाउनुका साथै उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवको जिम्मेवारीसमेत हेरफेर गरेपछि समाजवादी पार्टीभित्र सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा बहस तीव्र भएको हो । गत साता बसेको संघीय परिषद र केन्द्रीय समिति बैठकमा पनि सरकारमा रहिरहने कि बाहिरिने भन्ने सवालमा बहस भएको थियो । रातोपाटिबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।